×
Por favor cargue su comprobante
  • Home
  • Courses
    • MBBS
    • Engineering
    • Paramedical
    • Applied Science
  • About Us
  • Contact
  • Fee Payment
Have any question?
+977 9857033496 / +977 9844799800
info@horizongbs.edu.np/
Login
Register Now
HORIZON GBS
  • Home
  • Courses
    • MBBS
    • Engineering
    • Paramedical
    • Applied Science
  • About Us
  • Contact
  • Fee Payment

News

  • Home
  • Blog
  • News
  • होराइजन जी.बी.एस.मा घोषणा तथा सम्मान कार्यक्रम

होराइजन जी.बी.एस.मा घोषणा तथा सम्मान कार्यक्रम

  • Date July 22, 2022

होराइजन गौतम बुद्ध मा.वि.मा ISO 9001:2015 को घोषणा तथा तिलोत्तमा नगरपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गर्ने कार्यक्रम भव्य समारोहबिच सम्पन्न भएको छ । होराइजन गौतम बुद्ध मा.वि.ले आफ्नो शैक्षिक गुणस्तरलाई अभिवृद्धि गर्दै अन्तर्राष्ट्रिय स्तरमा आफूलाई प्रमाणित गर्न सफल भएको उपलक्ष्यमा अन्तर्राष्ट्रिय गुणस्तर घोषणा कार्यक्रम गरेको हो । यसै गरी सोही अवसरमा तिलोत्तमा नगरपालिकाबाट २०७९ सम्पन्न निर्वाचनद्वारा निर्वाचित नगरप्रमुख, उपप्रमुख तथा वडा नं. १ का अध्यक्ष तथा वडा सदस्यहरूलाई सम्मान कार्यक्रमको आयोजना गरेको हो ।

 होराइजन गौतम बुद्ध मा.वि.सञ्चालक समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठको सभाध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण रहनुभएको थियो । विशिष्ट अतिथिका रूपमा तिलोत्तमा नगरपालिकाका उपमेयर जागेश्वरी देवी चौधरी, तिलोत्तमा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष फर्सुराम गिरी, बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका कार्यालय प्रमुख रमाकान्त तिवारी रहनु भएको थियो । 

यसैगरी अतिथिका रूपमा तिनपा वडा नं. १ बाट निर्वाचित सम्पूर्ण वडा सदस्यहरू तथा अभिभावक संघ रूपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, नेपाल पत्रकार महासंघ रूपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, डिलाइट नेपालका सञ्चालक प्रज्ज्वल भट्टराई, पूर्व जिल्ला शिक्षा अधिकारी टेक बहादुर थापा लगायत पत्रकार, बुद्धिजीवी, समाजसेवी,सुरक्षाकर्मी अतिथिका रूपमा रहनु भएको थियो । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्राध्यापक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूसमेतको उपस्थिति रहेको थियो ।

नगरप्रमुख रामकृष्ण खाँणद्वारा पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन  भएको उक्त कार्यक्रममा  राष्ट्रिय गान, नगर गान र विद्यालयको गानका साथ प्रारम्भ भएको कार्यक्रममा उपस्थित समुदायलाई स्वागत मन्तव्य होराइजन गौतम बुद्ध मा.वि.का प्राचार्य गोपालप्रसाद आचार्यले राख्नु भएको थियो । उहाँले स्वागत मन्तव्य राख्दै यस संस्थाले राजधानी बाहिर उत्तम शिक्षा दिने संस्थाका रूपमा राष्ट्रिय स्तरमै नाम कमाएको उल्लेख गर्नुभयो । उहाँले संस्थाले प्राप्त गरेको यो गुणस्तर प्रमाण यसको कुशल व्यवस्थापन, सुव्यवस्थित शिक्षण, उच्चतम परिणाम, विद्यार्थीहरूको अधिकतम सहभागिता र संस्थाले शैक्षिक तथा सामाजिक क्षेत्रमा समेत गरेको योगदानका कारण सफल भएको उल्लेख गर्दै यो सफलता प्रारम्भ मात्र भएको र अझै गर्नुपर्ने दायित्व थपिएको उल्लेख गर्नुभयो ।  यसैगरी डिलाइट नेपाल काठमाडौका सञ्चालक प्रज्ज्वल भट्टराईले शुभकामना मन्तव्य दिंदै संस्थाभित्र सञ्चालित शिक्षण सिकाइ कार्यकलाप सहपाठ्य कार्यकलाप, पाठ्यान्तर कार्यकलाप, स्थानीय पाठ्यक्रमको प्रयोग, कोभिडको समयमा सञ्चालन गरेको प्रभावकारी अनलाइन शिक्षण सिकाइ, भौतिक पूर्वाधार तथा विद्यार्थी मैत्री शिक्षालाई आधार बनाएको हुँदा यो प्रमाण पत्र प्राप्त गर्न सफल भएको बताउनुभयो । आई.एस.ओ. प्रमाण पत्र विभिन्न इन्डिकेटरहरू पुरा गरेरमात्र अन्तर्राष्ट्रिय अनुगमन पछि युनाइटेड एक्रेडिटेरिङ्ग यू.के. तथा एल. एम. एस. सर्टिफिकेसन कोरियन एक्रेडिसन बोर्डबाट प्राप्त गरिएको स्पष्ट पार्नुभयो । 

नगर उपप्रमुख जागेश्वरी देवी चौधरीले तिलोत्तमा नगरपालिकाले पनि अन्तर्राष्ट्रिय गुणस्तरका इन्डिकेटरहरू पार गरी आई.एस.ओ. प्रमाण पत्र प्राप्त गरेको र यसै नगरपालिका भित्रको यस होराइजन गौतम बुद्ध स्कुलले पनि शैक्षणिक इन्डिकेटरहरू पार गरी यो प्रमाण पत्र प्राप्त गरेकाले अन्य विद्यालयहरूले पनि यसबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । उहा“ले नियम अनुसार नगरपालिकाले सामुदायिक विद्यालयमा नै आर्थिक लगानी गर्नुपर्ने भएकाले संस्थागत विद्यालयसँग अन्यक्षेत्रमा सहकार्य गर्दै सामुदायिक विद्यालयको गुणस्तर उठाउनेमा समेत यस विद्यालयबाट उपयुक्त समयमा उपयुक्त सुझाव लिने बताउनुभयो । साथै उहाँले तिलोत्तमा नगरपालिकालाई जिल्लाकै शैक्षिक केन्द्र बनाउने दायित्व पनि रहेको बताउनुभयो । 

प्रमुख अतिथिको मन्तव्य राख्दै नगरप्रमुख रामकृष्ण खाँणले यस विद्यालयले प्राप्त गरेको यस उपलब्धिका लागि विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक प्राध्यापकहरू, कर्मचारीहरू र यहाँ अध्ययन गर्ने विद्यार्थीहरूको योगदान रहेकाले सबैलाई बधाई ज्ञापन गर्दै २०४६ साल पछि स्थापित निजि विद्यालयहरूले नै शिक्षाको गुणस्तरलाई माथि उठाएको बताउनुभयो । उहाँले आउने दिनमा निजी तथा सामुदायिक विद्यालयलाई प्रतिस्पर्धात्मक रूपमा अगाडि बढाउँदै लैजाने र यस कार्यमा निजी विद्यालयहरूको अनुभव लिइने बताउनुभयो । आई.एस.ओ प्रमाण पत्रले संस्थाप्रति जिम्मेवारी थपिदिएकाले सन्तोष गरेर बस्न नहुने र अझ परिश्रमका साथ काम गर्नुपर्ने बताउनुभयो । मन्तव्यको अन्त्यमा आफ्नो सोंच विद्यार्थीलाई झोलाको बोझबाट मुक्त गर्ने र तिलोत्तमा नगरपालिकाले बनाएको साखलाई बचाउन चुनौती र अवसर दुबै रहेको बताउनुभयो । 

कार्यक्रमका सभाध्यक्ष तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र प्रसाद कसजू श्रेष्ठले अध्यक्षको मन्तव्य राख्दै विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभयो । साथै उहाँले भन्नुभयो, “आज हाम्रो निम्ति उत्सवको दिन हो । हाम्रा अहिलेसम्मका गतिविधिहरूको मापन गरी गुणस्तर प्रमाणित गरिएको घोषणाको  दिन हो । हामीलाई मूल्यांकन गरी प्रमाणित गर्ने संस्था, संलग्न व्यक्तित्वहरूलाई र प्रमाणिकरणमा अहोरात्र खट्नु हुने सम्पूर्ण टिमप्रति साधुवाद टक्र्याउन चाहन्छु । नवनिर्वाचित आदरणीय मेयर, उपमेयर, वडा अध्यक्ष, वडा सदस्यहरू जसले हाम्रो कार्यक्रमलाई महŒवदिएर पाल्नु भई यसको गरिमा अभिवृद्धि गरिदिनु भयो हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु ।”

अन्त्यमा सबैलाई धन्यवाद तथा बधाई दिंदै उहाँले भन्नुभयो “यहाँहरूको कार्यकाल स्वर्णिम बनोस्, तिलोत्तमा नगरपालिकाले राष्ट्रिय अन्तर्राष्ट्रिय पहिचान दिन सफल होस् । यहाँहरूको कार्यकालले हामीजस्ता प्राइभेट संस्थाहरूको सुपरीवेक्षण, नियमसहित मनोबल बढाउन सहयोग पुगोस् भन्ने अपेक्षासमेत व्यक्त गर्न चाहन्छु ।”

उक्त कार्यक्रममा हिसान रुपन्देहीका अध्यक्ष दिनेश भुसाल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष, लोकनाथ ज्ञवाली, पूर्व जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा  वडा अध्यक्ष फर्सुराम गिरी, राष्ट्रिय परीक्षा बोर्ड प्रदेश परीक्षा व्यवस्थापन कार्यालय, बुटवलका कार्यालय प्रमुख, रमाकान्त तिवारी, क्याम्पस प्रमुख, बुटवल बहुमुखी क्याम्पस डा. खिमानन्द न्यौपाने लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रमको सञ्चालन डा.नारायणप्रसाद पन्थले गर्नुभएको थियो ।

  • Share:
author avatar
horizon

Previous post

July 22, 2022

Leave A Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

+977977-71-437602
+977-71-437602
info@horizongbs.edu.np
info@horizongbs.edu.np
Shankharnagar 5 Drivertole
Rupahendehi Butwal, Nepal
Facebook Whatsapp Whatsapp Viber

Copyright by © Horizon Gautam Buddha Secondary School

  • Privacy
  • Terms
  • Sitemap

Login with your site account

Lost your password?